
नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लीग नेपाल (वाईसिएल) निःशुल्क मास्क वितरण गरेको छ ।
वाईसिएल सिन्धुलीले सदरमुकाम माढी बजारमा निःशुल्क मास्क वितरण गरेको हो ।
बुधवार ‘मास्क लगाऔं, कोभिड १९ महामारीबाट आफू बचौँ र अरू लाई पनि बचाऔँ’ भन्ने अभियानका साथ निःशुल्क मास्क वितरण थालिएको वाईसिएल सिन्धुलीका अध्यक्ष भुल बहादुर राना (अविरल) ले सिन्धुली दर्पण लाई जानकारी दिए ।
राना ले भने ‘ हामी ले मास्कको प्रयोग नगरी हिँडेका पैदल यात्री, सवारी चालक, व्यापारी, व्यवसायीलाई समेत निःशुल्क मास्क वितरण गरेका छौँ । पाँच सय बढी मास्क वितरण गरिसकेका छौँ । यो अभियान नियमित जारी रहने छ।’