
सिन्धुली उद्योग वाणिज्य संघ ले दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने बताएको छ ।
वाणिज्य संघले बुधवार एक सूचना जारी गरेर सो कुरा बताएको हो ।
लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी अनुचित मूल्य लिई व्यापार व्यवसाय गरेको पाइएमा कारबाही हुने जानकारी गराएको छ । नागरिकलाई लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु आपूर्तिमा समस्या भएमा सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीमा जानकारी गराउन भनेको छ ।
कोरोना सङ्क्रमित सङ्ख्या तीव्र रूपमा बढ्दै गएकाले व्यावसायिकहरु लाई जिल्ला प्रशासन कार्यालय ले लगाएको निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ । भने निषेधाज्ञाको अवधिमा अत्यावश्यक व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सम्पूर्ण व्यवसायी,सर्वसाधारण र उद्योगीलाई अनुरोध गरेको हो ।