निषेधाज्ञाको पहिलो दिन सिन्धुलीमाढीमा जे देखियो [फोटोफिचर]



सिन्धुलीमाढीमा आजदेखि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुली ले जिल्लाको भिडभाड हुने क्षेत्रमा सिनन्धुलीमाढी बजार आज बिहिवार देखि एक साताका लागि निषेधाज्ञा जारी गरेको हो।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरिएण्टसहितको कोभिड–१९ को संकमण तीव्र रुपले फैलिएको भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो । संक्रमणको जोखिममा रहेका जिल्लाका विभिन्न स्थानहरुमा स्थानिय तहले नै लकडाउउन जारी गरेका छन ।

यसअघि नै दुधौली नगरपालिका ,गोलन्जोर गाउँपालिका घ्याङलेक गाउँपालिका र सुनकोसी गाउँपालिका ले लकडाउन गरिसकेका छन । भने तीनपाटन र मरिण गाउँपालिकाले आंशिक लकडाउन जारी गरेको छ । तीनपाटन गाउँपालिकाले वडा न‍‍ं ५ को लङ्गुर खोला र वडा नं २ को भिमस्थानमा लकडाउन गरिएको छ ।

अन्य पालिकाहरू आफैले लकडाउन जारी गरेका थिए भने कमलामाई नगरपालिकामा भने जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा जारी गरेको हो ।यता फिक्कल र हरिहरपुरगढी गाउँपालिकले भने हालसम्म लकडाउन नगरेको जनाएका छन ।

अनावश्यक रुपमा सिन्धुलीमाढीमा निषेधाज्ञालाई अटेर गरेर हिँड्ने गरेको पनि पाइएको छ । अटेर गर्ने धेरै सवारी साधनलाई प्रहरीले समाएर होल्डिङ सेन्टरमा राखेका छन् । निषेधाज्ञा लागु गर्न बिहानै देखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीहरू सडकमा खटिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२