
बासु मैनाली
सिन्धुली । मरिण गाउँपालिकामा माओवादी संगठनको जरासम्म पुगेर ध्वस्त पार्ने युवा संघले उद्घोष गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल मरिण गाउपालिका संगठन कमिटीको बृहत युवा भेलाले ओवादी संगठनको जरासम्म पुगेर ध्वस्त पार्ने युवा संघले उद्घोष गरेको हो ।
युवा संघको भेला तथा सपथ ग्रहण कार्यक्रममा सहभागिहरुले मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्रको संगठन र शक्ति क्षण हुदै गएकाले अब, जरासम्म पुगेर ध्वस्त पार्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सहसंयोजक किरण पौडेल, एमाले केन्द्रिय सदस्य विषम लाल अधिकारी दनुवार ,उमा कोइराला, एमाले जिल्ला अध्यक्ष प्रदिप कटुवाल , संघका केन्द्रीय सह–संयोजक पुष्पराज श्रेष्ठ,र जिल्ला संयोजक देवराज वाइवा सहभागि रहेको भेलाले विनय बलको संयोजकत्वमा ७५ सदस्य गाउँ संगठन कमिटी गठन गरेको छ ।
सोहि कार्यक्रममा माओवादी तथा कांग्रेस पार्टी परित्याग गरि ५० जना एमाले प्रवेश गरेका छन ।

मरिण गाउपालिकामा कार्यकर्ता को खडेरी परेको अबस्थामा यो उपस्थिति ले नयाँ पालुवा पलाएको अनुभुती गराएको गाउँ कमिटी संयोजक विनय बलले सिन्धुली दर्पण लाई प्रतिक्रिया दिएका छन ।