
सिन्धुली । अंश मुद्दाका फरार रहेका दुई प्रति बादीहरू लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी ले कमलामाई नगरपालिका ४ कुँडुले निवासी २४ वर्षका राजेन्द्र विक्रम बुढाथोकी र २० वर्षका रन्जेश विक्रम बुढाथोकी लाई पक्राउ गरेको हो ।
उनीहरू लाई जिल्ला अदालत सिन्धुलीको २०७३ फागुन १ गते गरेको फैसलाले दोषी ठहर गरी जनही रु १५ हजार ८ सय २३ रुपैयाँ जरिवाना गरेको थियो ।
फरार रहेका उनीहरू लाई गाउँबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।
पक्राउ परेका दुवै लाई आवश्यक कारबाहीको लागि सिन्धुली अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।