
सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमित एक बालकको मृत्यु भएको छ । आज उनको सिन्धुली अस्पतालमा मृत्यु भएको हो ।
आठ बर्षका मृतक बालक हरिहरपुरगढी गाउँपालिकाका हुन् । योसँगै सिन्धुलीमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या ६ पुगेको छ ।
सिन्धुली अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । बैशाख २० गते ल्याएकोमा आज चार दिनपछि मृत्यु भएको हो ।
पिसिआरका लागि धुलिखेल पठाइएकोमा आज रिपोर्ट पोजिटिभ आएको हो । बालकको आज १२ बजेपछि मृत्यु भएको हो । मृतको शब ब्यबस्थापन सम्बन्धित गाउँपालिकाले जिम्मा लिने बताइएको छ ।