
सिन्धुली। नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सिन्धुली लेे नयाँ भेरिएन्ट सहित फैलिरहेको कोरोना(कोभिड -१९) सङ्क्रमण रोक थाम र नियन्त्रणका लागि सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चोकमा हेल्प डेस्क सञ्चालन गरी स्वास्थ्य सामग्री वितरण गरेको छ।
राष्ट्रिय युवा संघ सिन्धुलीले शुक्रबार बिहान हेल्प डेस्क स्थापना गरी सामग्री वितरण गरेको हो।
राष्ट्रिय युवा संघले कोभिड -१९ बाट बच्न र सङ्क्रमण हुन नदिन अनिवार्य मास्क प्रयोग गर्नुपर्ने भएकाले “मास्क लगाऔँ कोभिड -१९ बाट आफू बचौँ र अरुलाई पनि बचाऔँ” भन्ने अभियानका साथ मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सागम्री वितरण गरेको हो।
हेल्प डेस्क सञ्चालनका क्रममा प्रदेश सभा सांसद् तथा ने.क.पा. एमाले पार्टी अध्यक्ष प्रदिप कटुवाल, राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका अध्यक्ष देवराज वाइबा, युवा संघ नेपाल केन्द्रिय सदस्य अरुण पाख्रीन र अखिल अध्यक्ष कृष्ण मोक्तान लगायतको उपस्थिति रहेको थियो।