
सिन्धुलीमा खाने तेल को कृतिम अभाव र मूल्य वृद्धिको गुनासो बढेपछि सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी रिद्धी प्रकाश सिटौला ले बजार अनुगमन गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहित सिटौलाको नेतृत्वको टोली ले शुक्रवार बिहान सिन्धुलीमाढी बजारको कृषि उपज बजार र धुरा बजारमा रहेका खाद्यान्न स्टोरमा छापा मारेर अनुगमन गरेको थियो ।
अनुगमन गरेका खाद्यान्न स्टोर हरूमा उपभोक्ता ले गुनासो गरे जस्तो सिन्धुलीमा खाने तेल को अभाव र मूल्य वृद्धि गरेका नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाले सिन्धुली दर्पण लाई जानकारी दिए ।
उनले भने यो हाम्रो नियमित बजार अनुगमन हो । हामी जुनसुकै समयमा पनि अनुगमन गर्छौ त्यसैले कोरोना ले आक्रान्त पारेको समय र निषेधाज्ञाको समयमा कृतिम अभाव सिर्जना गर्ने र मूल्य वृद्धि गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने बताए ।