
कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १ सय ३ वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दिनभरमा १ सय ३ सवारीलाई होल्ड गरेर राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी मनोज कुमार लामाका अनुसार शुक्रवार सवारी पासविना नै चलेका ९९ वटा मोटरसाइकल लाई नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी ७ वटा साना जिप बोलेरो स्कारपियो र कारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका ३ वटा ट्रयाक्टर पनि प्रहरीको फन्दामा परेका छन् ।
बिहानै देखि होल्डिङमा राखेर ‘साँझ ५ बजेपछि ती सवारीलाई छाडेऔँ’ लामाले भने । उनका अनुसार निषेधाज्ञाको दोस्रो दिन दुधौली भीमान बजार र सिन्धुली सदरमुकाम सिन्धुलीमाढीबजार बाट सवारीहरु नियन्त्रणमा लिएको थियो ।