
सिन्धुली ।नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटीले जिल्ला ट्राफिक कार्यालय सिन्धुली लाई स्वास्थ सामाग्री सहयोग गरेको छ ।
महासंघ ले सधैं जनताको सुरक्षा लागि कोरोना भाइरस को प्रभाह नगरि सडकको अग्रपंक्तिमा खटिने ट्राफिक प्रहरी लाई मास्क, स्यानिटाइजर र पन्जा सहयोग गरेको हो ।
नेपाल खेलकुद महासंघ का केन्द्रिय सचीव विजय मुनाल घिसिङ को नेतृत्वमा आइएओ मान्यता प्राप्त १ हजार १ सय ५० थान सर्जिकल मास्क ,१०० मिलिमिटर को २० थान स्यानिटाइजर र २२ थान पन्जा जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख कृष्ण केसी लाई हस्तान्तरण गरिएको केन्द्रीय सदस्य अरुण पाख्रीन ले जानकारी दिए ।
त्यसैगरी हस्तान्तरण कार्यक्रममा नेकपा एमाले का जिल्ला अध्यक्ष एवम् बाग्मती प्रदेशसभा सदस्य प्रदीप कुमार कटुवा , प्रदेशसभा सदस्य विनोद खड्का र नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य निरज श्रेष्ठ लगाएत युवा हरुको सहभागी रहेको थियोे ।