
सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले कोभिड १९ को महामारीको अवधिभर आफूले प्रयोग गर्दै आएको सवारी साधन सङ्क्रमितको उपचारार्थ ओसारपसार तथा एम्बुलेन्स सेवाको लागि प्रदान गर्ने निर्णय गरेका छन्।
शुक्रवार भिडियो कन्फ्रेन्स मार्फत गाउँपालिका अध्यक्ष जगत भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवार ले जनाकारी गराएका हुन ।
सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सङ्क्रमित सास्ती भोग्नु नपरोस अस्पतालसम्म सहज पहुँच पुग्न सकोस् भनेर जनताको सेवा र सुविधाको लागि प्रयोग गरिने र महामारीको अवधिभर आफूले प्रयोग नगर्ने र एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
घ्याङलेख गाउँपालिका को मातहतमा एउटा मात्र एम्बुलेन्स छ । भने भाेलन र सुनुवार नेपाली कंग्रेस बाट निर्वाचित जनप्रतिनिधि हुन ।