
रिलिफ नेपाल ले सिन्धुली काेभिड अस्पताल लाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।
जिल्ला कोभिड सङ्क्रमण व्यवस्थापन समिति मार्फत कोभिड अस्पताल र दुधाैली नगरपालिका लाई अक्सिजन सिलिन्डर सहयोग गरेको हो ।
जिल्लामा अक्सिजनको अभाव भई रहेको अवस्थामा नेकपा एमाले अध्यक्ष एवम बाग्मती प्रदेशसभा सदस्य प्रदीप कुमार कटुवाल माओवादी केन्द्रका अध्यक्ष तथा बाग्मती प्रदेहसभा सदस्य लेखनाथ दाहाल राजन र प्रमुख जिल्ला अधिकारी सुरेश प्रसाद न्याैपाने काे उपस्थितीमा सिन्धुली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रलाद कुमार पाेख्रेल मार्फत सिन्धुली कोभिड अस्पताललाई १५ अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेलले सिन्धुली दर्पण लाई जानकारी दिए।
त्यसैगरी दुधौली नगरपालिका लाई पनि आज नै ४ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएकाे छ ।
अध्यक्ष पौडेल का अनुसार वितरण गरिएको सिलिन्डर मध्ये ४ थान अक्सिजन सिलिन्डर दुधौली नगरपालिका मार्फत प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली मा राखिने छ ।
रिलिफ नेपाल सिन्धुलीले डक्सरको आर्थिक सहयोग र टिडिएच जर्मनकोको साझेदारीमा सिन्धुली कोभिड अस्पताल र दुधाैली नगरपालिका लाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।