
सिन्धुलीको मरिण गाउपालिका ले ब्यक्तिगत घटना शिविर स्थगित गरेको छ ।
गाउँपालिकाका विभिन्न वडाहरुमा व्यक्तिगत घटना दर्ता शिविर सन्चालन गरिदै आएकोमा आज बाट स्थगित गरिएको हो ।
बिश्वब्यापी महामारीको रुपम फैलिएको कोरोना भाइरस कोभीड –१९ को दोस्रो लहर ले गर्दा अर्को सूचना प्रकाशित नभएसम्मको लागि व्यक्तिगत घटना दर्ता शिविर सचालनको कार्य स्थगित गरिएको प्रमुख प्रशासनकिय अधिकृत बिनोद पोखरेलले जानकारी दिए।
उनले गाउपालिका स्तरिय बिपद ब्यवस्थापन समिति को बैठक ले सामान्य अवस्था नहुन्जेल सम्मको लागि स्थगित गरेको बताए ।