
सिन्धुली कोभिड अस्पतालमा कोरोना भाइरसको नयाँ भेरियन्ट बाट एक वृद्धको मृत्यु भएको छ ।
आइतबार कमलामाई नगरपालिका वडा नंं ७ का ८६ वर्षिय पुरुषको मृत्यु भएको हो ।
दमका विरामी समेत रहेका उनलाई स्वासप्रस्वासमा समस्या आएपछि कोभिड १९ अस्पतालमा उपचारको क्रममा वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साह ले सिन्धुली दर्पण लाई जानकारी दिए ।
साह का अनुसार उनमा अक्सिजनको मात्रा कम भएपछि अस्पताल ल्याईएको थियो । भने ३ दिन अघि उनको पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीसहित नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोनाका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।