प्रशासनद्वारा जेठ ८ गते सम्म सिन्धुली जिल्लाभर निषेधाज्ञा



जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्ला भरी जेठ ८ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्याैपानेकाे अध्यक्षतामा आज बसेको जिल्ला कोभिड १९ सङ्क्रमण व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।


केन्द्रको  बैठकले जिल्लामा कोभिड १९ नयाँ भेरिअन्ट कुल सङ्क्रमित बढ्नुका साथै स्थिति असहज हुँदै गएको  भन्दै  वैशाख २९ गते राती १२ बजे देखि  जेठ ८ गते राती १२ बजेसम्म सिन्धुली जिल्लाभर निषेधाज्ञा जारी  गरेको हो ।


यता सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा गत वैशाख २२ गते रातको १२बजे बाट लागू गरिएकोमा   निषेधाज्ञा आज राती १२ समाप्त हुँदै छ । यसअघि प्रशासन कार्यालयले कमलामाई नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे थियाे । अन्य पालिकाहरुले समान्य बन्दाबन्दी मात्रै गरेका थिए ।


जिल्लाको कुल सङ्क्रमित सङ्ख्या ३७१ रहेको छ । त्यसै गरी हालसम्म  ८ जनाको मृत्यु भइसकेको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२