
सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटार स्थित हिमशिखर होटेलबाट नगद २० हजार २ सय ६० रुपैया सहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
होटेलमा तास खेलाई खेली रहेको अवस्थामा होटेल सञ्चालक सहित ६ जना जुवाको खाल बाट मङगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा होटेल सञ्चालक ३१ वर्षीय रामचन्द्र श्रेष्ठ, सोही ठाउँ निवासी ४६ वर्षीय धनबहादुर श्रेष्ठ, २९ वर्षीय शङ्कर माझी, २१ वर्षको अरुण श्रेष्ठ, ५३ वर्षको केशव प्रधान र २९ वर्षीय भरत श्रेष्ठ रहेको डिएसपी मनोज कुमार लामाले जानकारी दिए ।
जुवाको खालमा रहेको उक्त नगद र तीन बुक तास सहित गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ ।