
प्रेमनाथ मैनाली (बासु)
मरिण । स्थानीय सरकार ले जारी गरेको निषेधाज्ञा लाई अटेर गरि व्यापार व्यवसाय सञ्चालन गर्ने १५ जना व्यापारी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुरक्षा का सामान्य मापदण्ड समेत पालना नगरेको भन्दै इलाका प्रहरी कार्यालय कपिला कोट बाट खटिएको टोली व्यापारीहरू लाई नियन्त्रण लिएको हो ।
महामारीमा आफूले निर्वाह गर्नु पर्ने सामाजिक जिम्मेवारी तथा कोभिड १९ का विषय जानकारी गराउँदै आगामी दिनमा गल्ती नदोहोराउने सर्तमा कागज गरि छाडिएको प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।
पछिल्लो समय मरिण क्षेत्र मा कोरोना सङ्क्रमित बिरामी को सङ्ख्यामा बढ्दै गएको ले स्थिति भयावह बन्दै गएको छ ।
मरिण गाउँपालिकामा लकडाउन भनिए पनि रातिको समयमा राजधानी लगायत विभिन्न ठाउँबाट ठुलो सङ्ख्या मा घरमा फर्कने को भिड घटेको छैन । यसले सङ्क्रमण झनै बढ्ने जोखिम बढेको छ ।
त्यसैगरी निषेधाज्ञा काे समयमा पटक पटक किराना पसल संचालन गर्ने कमलामाई नगरपालिका ६ धुराबजार बाट ४८ बर्षका रामसाेगारत दास लाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएर अवश्यक कारबाही अगाडी बढाएकाे छ ।