
ग्वाल्टार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सिद्धार्थ बैङ्क गोलन्जोर शाखाले दुई लाख सहयोग गरेको छ ।
गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बिच बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा फैलिएको करोना सङ्क्रमणको नयाँ भेरिअण्ट रोकथाम र नियन्त्रणका लागि सहयोग गरेको हो।
सिद्धार्थ बैङ्क गोलन्जोरका शाखा प्रबन्धक हेमकुमार श्रेष्ठ ले गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर श्रेष्ठलाई संयुक्त रूपमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।