
ग्वाल्टार । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले पालिका भित्र रहेका सबै क्लबहरू लाई जेठ मसान्त भित्र सूचीकृत हुनको लागि आह्वान गरेको छ।
गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिको वैशाख २९ गते बुधवार बसेको बैठक निर्णय अनुसार गाउँपालिका भित्र रहेको सबै क्लबहरूले जेठ मसान्त भित्र अनिवार्य रूपमा सूचीकृत हुनको लागि आह्वान गरेको हो ।
आवश्यक कागजपत्रहरू क्लबको विधान दर्ता प्रमाणपत्र र वडा कार्यालयको सिफारिस सहित खेलकुद विकास समितिमा सूचीकृत हुनुपर्ने छ । भने सूचीकृत दस्तुर नलाग्ने गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष भरत बिक ले सिन्धुली दर्पण लाई जानकारी दिए ।