माधव पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाउने ओलीको तयारी



एमाले अध्यक्ष केपी शर्मा ओलीले चार नेतामाथिको कारवाही फिर्तापछि आजै माधव नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल गर्ने भएका छन् । ओलीले माधव पक्षसहितको स्थायी कमिटी बैठक आजै बोलाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

नेपालसँग बुधवार राति र आज बिहानसम्म पनि टेलिफोनमा पटक-पटक कुराकानी भएको र आजै दुई नेताबीच वार्ता हुने सम्भावना रहेको प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका एमाले नेता डा. राजन भट्टराईले बताए ।

स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ । एमाले स्रोतका अनुसार कारवाही फिर्तापछि बस्ने स्थायी कमिटी बैठक नेकपाकालको हुने सम्भावना छ ।

स्रोतले भन्यो, ‘अहिले कुरा अड्किएको साविक एमालेका पदाधिकारी यथावत रहने कि नरहने भन्ने हो । यसबीचमा महाधिवेशन आयोजक कमिटी बनेर अघि बढिसकेकाले साविक नेकपाको स्थायी कमिटीमा रहेका नेताहरूको बैठक बस्ने कुरा छ । त्यसमा एमालेका सबै र बादलसहित चार नेताहरू हुनेछन् ।’

तल्ला कमिटीहरू मिलाउनका लागि कार्यदल गठन गर्न पनि अध्यक्ष ओली सहमत भएका छन् । यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच २६५ सदस्यीय केन्द्रीय कमिटी मान्ने र नेकपाकालीन स्थायी कमिटीको बैठक बसेर कार्यदलको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने अनौपचारिक सहमति भएको थियो ।

तर, माधव नेपाल पक्षले साविक एमालेका पदाधिकारी पुनःस्थापित हुनुपर्ने अडान राखेको थियो । त्यो छलफलमा संस्थापन पक्षबाट शंकर पोखरेल, राजन भट्टराई, भानुभक्त ढकाल, विनोद ढकाललगायत संलग्न थिए । माधव नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेलगायत संलग्न थिए ।

अध्यक्ष ओली नेकपाकालीन स्थायी कमिटीका सदस्यहरूको बैठक बोलाउन तयार भए पनि माधव नेपाल पक्षले एमालेकालकै स्थायी कमिटी बस्नुपर्ने र त्यसमा बादल पक्ष सहभागी गराउन नहने अडानमा रहेकाले कुरा मिलेको थिएन ।

माधव नेपाललाई उनीनिकट नेताहरूले पनि एक कदम पछि हटेर जेठ २ को वरिपरिबाट निकास निकाल्दै पार्टीभित्रै बसेर अन्य कुरामा छलफल गर्न दबाब दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर