
सिन्धुली । माछा मार्न जाँदा मरिण खोलाले बगाएर सिन्धुलीमा एक को मृत्यु भएको छ ।
बुधवार नजिकै को मरिण खोलामा गएका कमलामाई नगरपालिका २ कुसुम टार का अन्दाजी ६० वर्षीय टिका बहादुर सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले जानकारी दिनु भएको छ ।
घरबाट बुधवार दिउँसो माछा मार्न हिँडेका सुनुवार आज सम्म घर नफर्किए पछि खोजी गर्दा आज कुसुम टार घमन्डे खर घारी नजिकै मरिण खोलाको किनारमा मृत अवस्थामा भेटिएको हो ।
माछालाई थापेको खुङा देखी ५० मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । मृत शव पोषटमाटम का लागी सिन्धुली अस्पताल ल्याइएको छ ।