
कोभिड १९ नयाँ भेरिअन्ट को सङ्क्रमण नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुली ले निषेधाज्ञाको अवज्ञा गरी पसल सञ्चालन गर्ने १० व्यापारी लाई कारबाही गरेको छ ।
सङ्क्रामक रोग ऐन २०२० को बर्खिलाप हुने गरी तोकिएको समय भन्दा बाहेक मनपरी रूपमा पसल खोल्ने १०जना व्यापारी हुलाई सिन्धुली सदरमुकाम बाट नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।
ऐनको (३) उपदफा (१) को अवहेलना गर्ने व्यक्तिलाई न्यूनतम एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था भए पनि आगामी दिनमा यस्ता गल्ती नदोहोराउने गरी हाल १ सय रुपैयाँ जरिवाना गरेर छोडिएको प्रशासकीय अधिकृत भीम बस्नेत जानकारी दिए ।