सिडिओ आफै निस्किए बजार अनुगमनमा ४५० बोरा चामल जफत २० हजार जरिवाना



कोभिड १९ नयाँ भेरिअन्ट को सङ्क्रमण नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय जारी गरेको निषेधाज्ञामा व्यापारीहरू ले  खाने तेल र चीनीमा मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि सिन्धुलीका  प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने आफै बजार अनुगमनमा निस्किएका हुन ।

सिन्धुली जिल्ला सहित रामेछाप दोलखा काभ्रे ओखलढुङ्गा र सोलुखुम्बु लगायत जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएका सप्लायर्सहरु को  अनुगमन गरिएको थियो ।

शुक्रवार अनुगमन को क्रममा कमला सप्लायर्स लाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ भने  गुप्ता खाद्यान्न स्टोर बाट ४५० बोरा चामल जफत गरी फिर्ता पठाएको छ ।

कमलामाई नगरपालिका ४ ढुंग्रेबासमा रहेको कमला सप्लायर्सको सञ्चालक जयकुमार दास लाई बजार अनुगमनको समयमा असहयोग गरेकोमा कारबाही गरिएको हो । उनलाई घरेलु तथा साना उद्योग कार्यालयको न्यूनतम मापदण्ड समेत पालना नगरेको भन्दै स्थलगत रूपमा बाग्मती प्रदेशको प्रादेशिक व्यापार ऐन२०७६ को दफा ६० को खण्ड ‘द’ बमोजिम कसुर देखिएको भन्दै सोही ऐन दफा ६१ को उपदफा (१ ) खण्ड क/ ख/ग /घ /ङ बमोजिम २० हजार रुपैयाँ जरिवाना गरेको हो ।

त्यसै गरी कमलामाई नगरपालिका ६ रातामाटामा रहेको गुप्ता खाद्यान्न भण्डार बाट उत्पादन मिति ब्याज नंम्बर उपभोग मिति समेत उल्लेख नगरिएको बारा कल्यैमा मा रहेको पशुपति खाद्य उद्योग ले उत्पादन गरेको सूर्य डबल ब्रान्डको ४५० बोरा चामल अन लोड गर्दै गर्दा जफत गरिएको हो । 

उक्त जफत  गरेको चामल जिल्ला प्रहरी कार्यालय सिन्धुली मार्फत सोही उद्योग पठाउने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ले सिन्धुली दर्पण लाई जानकारी दिए ।

साथै अनुगमनको समयमा सप्लायर्स नै पिछे फरक फरक मूल्य पाइएकाले  मूल्यमा एकरूपता नभएको भन्दै दिउँसो १ बजे छलफलको लागि सबैलाई जिल्ला प्रशासन कार्यालय डाकिएको प्रजिअ न्यौपाने ले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकाय, र घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार लगायतको टोलीले बजार अनुगमन गरेको थियोे



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स