सिन्धुलीका प्रजिअ न्यौपानेले व्यापारीहरू लाई गोदामको विवरण उपलब्ध गराउन निर्देशन दिए



सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने  व्यापरीहरु लाई तत्काल खाद्य गोदामहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।


कोभिड १९ नयाँ भेरिअन्ट  सङ्क्रमण नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय जारी गरेको निषेधाज्ञाको समयमा  व्यापारीहरू ले  खाने तेल र चीनीमा मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि   प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ले शुक्रवार घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधि सहित जिल्लाका ठुला खाद्यान्न स्टोर सञ्चालन गरेका व्यापारी हरू सँगको छलफलमा गोदामहरूको अवस्थाबारे विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन ।

स्टक समान खुलाउन र उपभोग्य मिति समाप्त भएका सामानहरू अभिलम्ब फिर्ता गर्न भनिएको छ । सामान लुकाउने बजारमा अभाव देखाउने गतिविधि बन्द गर्ने र  कालो बजारी लाई निरुत्साहित गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ले सिन्धुली  दर्पण लाई जानकारी दिए ।


साथै उनले भने “पसलमा मूल्य सुची राख्ने बिल विजक दुरुस्त राख्ने लेवलिङ्ग गरेको हुनुपर्ने र खरिद बिल अनुसार बिक्री गर्दा विल जारी गर्नको लागि निर्देशन दिएका छौ । उपभोक्ता संरक्षण ऐन २०७४ लाई पूर्ण रूपमा पालना गर्ने यदि पालना नगरेको खण्डमा कारबाही गर्ने निर्णय भएको छ ।”



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२