
सिन्धुलीको कोसेली उद्याेग सञ्चालक बिमला काफ्ले ले सिन्धुली अस्पतालमा रहेका कोरोना सङ्क्रमित बिरामी र स्वास्थ्य कर्मीहरूलाई दूध दिएकी छन् ।
शनिवार उक्त डेरी उद्योगले सिन्धुली अस्पताल तथा अस्पतालले नै सञ्चालन गरेको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरू र कोरोना सङ्क्रमित हरूलाई प्रोत्साहन स्वरूप गाई र भैँसीको ४० लिटर दूध सहयोग गरेकी हुन।
उनले अस्पतालमा पुगेर अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उमेश प्रधानलाई दूधको क्यान हस्तान्तरण गरेकी हुन ।
जोखिमलाई प्रवाह नगरी निरन्तर कोभिड १९ सङ्क्रमित तथा अन्य बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि दूध सहयोग गरिएको कोसेली डेरी उद्योगका सञ्चालक विमला काफ्लेले बत्ताइन ।