
सिन्धुली कोभिड अस्पतालमा उपचार त कमलामाई नगरपालिका ५ गैयाटारका ८८ वर्षीय इन्द्र प्रसाद भट्टराई को नयाँ भेरिअन्ट को कारण मृत्यु भएको छ ।
सामान्य ज्वरो आएको र श्वास प्रश्वासमा समस्या देखिए पछि उपचाको लागि सिन्धुली कोभिड अस्पताल ल्याइएको थियो ।
उनलाई अक्सिजन दिएर राखिए पनि सन्तुलनमा आउन नसके पछि मृत्यु भएको हो ।
उनको हिजो मात्रै पिसिआर गर्दा कोरोना भाईरस पोजेटिभ देखिएको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद कुमार पोख्रेल ले सिन्धुली दर्पण लाई जानकारी दिए ।
सिन्धुलीमा याे सँगै नयाँ भेरिअन्ट बाट हाल सम्म ज्यान गुमाउने को सङ्ख्या ६ पुगेको छ ।