
सिन्धुली कोभिड अस्पतालको भेन्टिलेटरमा एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुधौली नगरपालिका ९ की ४८ वर्षकी महिलाको उपचारको क्रममा मृत्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटाले सिन्धुली दर्पण लाई जानकारी दिए।
डा. देवकोटाको अनुसार ती महिला लाई श्वास प्रश्वासमा समस्या आएपछि ३ दिन अघि सिन्धुली अस्पतालमा ल्याइएको थियो । उनलाई (CPAP) भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उनको ३ दिन अगाडि गरिएको एन्टिजेन परीक्षण मा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आइतवार आएको थियो ।
उनी सँगै कोरोना भाइरसको दोस्रो लहरबाट सिन्धुलीमा ८ जना को मृत्यु भैसकेको छ ।