सिन्धुली एमाले ले सम्झियो, “मदन–आश्रित” आज



नेकपा एमाले सिन्धुली ले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस, आज मनाएको छ ।


जनताको बहुदलीय जनवादका प्रवर्द्धक मदन भण्डारी र नेता जीवराज आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले जिल्ला पार्टी कार्यालय आजाद स्मृति भवनमा फोटोमा माल्यार्पण गर्दै स्मृति दिवस मनाएको हो।


एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जिप दुर्घटनामा मृत्यु भएको थियो । 


तर, २७ वर्षअघिको रहस्यमय जिप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जिप चालक अमर लामाको हत्यापछि यो थप रहस्यमय बन्न पुगेको छ । विचारक तथा बोल्न सिपालु भएका कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए ।

कार्यक्रममा एमाले सिन्धुली अध्यक्ष प्रदीप कुमार कटुवाल बाग्मती प्रदेश कमिटी सदस्य खड्ग खत्री र जिल्ला कमिटी सदस्य भातृ संगठन र जनवर्गीय संगठनका नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स