
सिन्धुली कोभिड अस्पतालमा एकै दिन २ कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका ४ को ३० बर्ष काे रिता केसी र दुधौली नगरपालिका ९ की ४८ वर्ष की दुग्य सदा (मुसहर) को उपचारको क्रममा मृत्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटाले सिन्धुली दर्पण लाई जानकारी दिए।
डा. देवकोटाको अनुसार कमलामाई ४ की बर्षको केसी लाई ज्वरो र स्वास प्रशवासमा समस्य देखिए पछि गत बैसाख २९ गते सिन्धुली कोभिड अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा शरिरमा अक्सिजनको मात्रा कमि भएर बिहान ९ बजेर ५ मिनेट मा मृत्यु भएको हो ।
त्यसैगरी आज नै दुधौली नगरपालिका ९ की ४८ वर्षकी सदा को बिहान ४ बजे मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या आएपछि ३ दिन अघि सिन्धुली अस्पतालमा ल्याइएको थियो । (CPAP) भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उनको ३ दिन अगाडि गरिएको एन्टिजेन परीक्षण मा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आइतवार आएको थियो ।
कोभिड १९ नयाँ भेरियण्ट को दोस्रो लहरबाट सिन्धुलीमा ज्यान गुमाउने हरुको संख्या ९ पुगेको छ ।