
बिपी राजमार्ग स्थिति सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा मोटरसाइकल र स्कारपियो एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जनकपुर बाट काठमाडौँ जाँदै गरेको बा १५ च ६९९५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००१० प ४१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर मोटरसाइकल चालक विमलेश कुमार ठाकुरको मृत्यु भएको हो ।
मोटरसाइकल चालक सर्लाहीको गोदैता नगरपालिका ८ का ४५ वर्षीय विमलेश को धुलिखेल अस्पतालमा उपचारको क्रममा आइताबार राती मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले जानकारी दिए ।
त्यसै गरी सोही मोटरसाइकलमा सवार सर्लाहीको गोदैता नगरपालिका ६ का ४६ वर्षीय निलम मिश्रको हात र शरीरमा चोट लागेको छ । उनको अहिले धुलिखेल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यता स्कारपियो चालक धनुषा जनकपुर उपमहानगरपालिका २३ का ३२ वर्षीय एम्डि गुलाम रबजनि लाई नियन्त्रणमा लिई कारबाहीको लागि इलाका प्रहरी कार्यालय खुर्काेट राखिएको छ ।