
सिन्धुली । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाह को लापरबाही ले १४ खोप केन्द्र निर्माणको लागि आएको ७० लाख बजेट फ्रिज हुने अवस्थामा पुगेको छ ।
अति सीमान्तकृत लोपोन्मुख जातीको बसोबास रहेको बस्तीमा मातृ तथा बाल स्वास्थ्य सेवाको पहुँचका लागि गाउँघर क्लिनिक बाह्य खोप केन्द्र निर्माणको लागि सङ्घीय सरकार बाट आएको विशेष अनुदान प्राप्त ७० लाख बजेट फ्रिज हुने अवस्थामा आइपुगेको हो।
स्थानीय सरकार सँगको साझेदारीमा सञ्चालन गरिने नवजात शिशु, मातृ मृत्युदर घटाउनका लागि आमा समूह सुदृढीकरण कार्यक्रम जिल्लाका ९ स्थानीय तह हरू मध्ये कमलामाई नगरपालिकामा २ खोप केन्द्र, दुधौली नगर फलिकामा २, तीनपाटन गाउँपालिकामा १ र फिक्कलमा २ वटा खोप केन्द्र निर्माणको लागि बजेट तोकिएर नै आएको थियो ।
त्यसै गरी घ्याङलेख गाउँपालिकामा ३, सुनकोसीमा १,मरिण गाउँपालिकामा १ र हरिहरपुरगढी गाउँपालिकामा २ वटा गरी जिल्लाभर १४ खोप केन्द्र निर्माणको लागि ५ लाख रुपैयाँको दरले ७० लाख बजेट आएको थियो ।
बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत गत माघ नै बजेट जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीमा बजेट आइसकेको थियो । तर आर्थिक वर्ष सकिन १ महिना बाँकी हुँदा समेत काम अगाडी बढ्न सकेको छैन ।
स्थानीय तहहरूले खोप केन्द्र निर्माण हुने ठाउँको छनोट गरेर पठाइसकेका छन् । तर स्वास्थ्य कार्यालय का प्रमुख शाहको ध्यान खोप केन्द्र भन्दा पनि तालिम भत्ता आउने कार्यक्रम मोडिए पछि बजेट लगभग फ्रिज हुने अवस्थामा पुगेको हो ।
हामीले कार्यालय प्रमुख जितेन्द्र शाह लाई सोधेका थियौँ । यस बारेमा उनले कोभिड १९ को कारण कम गर्न नसकेको लज्जास्पद जवाफ दिए । उनको यस भनाई बाट के बुझ्न सकिन्छ भने, उक्त बजेट लगभग फ्रिज नै हुनेछ ।