
सिन्धुलीमा मङ्गलवार कमलामाई नगरपालिका वडा नम्बर ५ का ६३ वर्षीय पुरुषको ज्यान गएको छ ।
सङ्क्रमित पुरुषमा कोरोनाका सबै लक्षण देखिएको र थप उपचारका लागि भरतपुर अस्पताल चितवन लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।
कोभिड १९ सङ्क्रमित पुरुषको वैशाख २७ गते स्वाब परीक्षण गर्दा २९ गते रिपोर्ट पोजेटिभ आएको थियो ।रिपोर्ट पोजेटिभ आएपछि २९ गते अस्पताल भर्ना गरी उपचार गराइएको सिन्धुली अस्पतालका प्रवक्ता डा.सागर देवकोटाले सिन्धुली दर्पण लाई जानकारी दिए ।
डा. देवकोटाका अनुसार उक्त पुरुष दमको रोगी थिए ।
जिल्लामा नयाँ भेरियन्टको कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।