सिन्धुलीबाट कोरोना सङ्क्रमित हेलिकोप्टरमा लगियो काठमाडौँ



सिन्धुली । कोरोना सङ्क्रमित एक बिरामीलाई सिन्धुलीबाट हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।


कोभिड अस्पताल सिन्धुलीमा उपचारत  रौतहट चन्द्रनिगाहापुर निवासी ६० वर्षीय शुकदेव पौडेल लाई बुधवार सिन्धुलीबाट हेलिकप्टरमा काठमाडौँ लगिएको हो ।

कोरोना सङ्क्रमित पौडेल गत वैशाख २५ गते देखि सिन्धुली कोभिड अस्पतालमा उपचारत रहेका थिए । ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरेर  भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।


स्वास्थ्यमा क्रमिक सुधार आए पनि परिवार आग्रहमा आइसियु बेड खोजी गरेको हुनाले काठमाडौँ को नेपाल मेडिसीटी हस्पिटल रिफर गरिएको सिन्धुली कोभिड अस्पताल कि नर्सिङ इन्चार्ज लक्ष्मी खडकाले सिन्धुली दर्पण लाई जानकारी दिइन ।

जिल्लाबाट कोरोना सङ्क्रमित बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको यो पहिलो घटना  हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले स्थगित गरेको अत्यावश्यक बाहेक अन्य सेवा पुनः सुचारु गरेको छ ।  माघ १० मा सूचना जारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको

सिन्धुली  अस्पतालमा उपचारको क्रममा सर्लाही कि कल्पना राउतको कोरोना संक्रमण बाट मृत्यु भएको छ । शनिवार साँझ उपचारको क्रममा  २७