
सिन्धुलीमा कोरोना भाइरसको नयाँ भेरियन्ट बाट आज पनि एक महिलाको मृत्यु भएको छ।
मरिण गाउँपालिका वडा न ४ निवासी बर्ष ४५वर्षीय रिता माझीको उपचारको क्रममा कमलामाई नगरपालिका वडा न ६ शिव नगर स्थित सिन्धुली कोभिड अस्पतालमा बुधवार साँझ मृत्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटाले सिन्धुली दर्पण लाई जानकारी दिए ।
डा. देवकोटा का अनुसार सङ्क्रमित लाई श्वास प्रश्वासमा समस्या आएपछि उपचार को लागि साेमवार कोभिड अस्पताल भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा २० प्रतिशत रहेकले अक्सिजनको कमी ले उनको मृत्यु भएको हो ।
सिन्धुलीमा काेराेना भाइरस संक्रमणकाे दाेस्राे लहर बाट ज्यान गुमाउनेकाे संख्या ११ पुगेकाे छ ।