हेटौंडामा राष्ट्रिय सभा उपचुनाव आज, बादल र देवकोटा मुख्य प्रतिस्पर्धामा, परिणाम पनि आजै



बागती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ ।

मतदानबाट कसैलाई पनि बन्चित नगर्नका लागि प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई पीसीआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । कोरोना संक्रमितहरु आएपनि मतदान गर्न पाउने भएका छन् ।

आज विहान ९ बजे बाट सुरु हुने मतदान प्रक्रिया दिउँसो ३ बजे सकिने छ । सबै मतदाताले पिसिआर रिपोर्ट उपलब्ध गराउन नसक्ने अवस्था देखिएपछि अनिवार्य नगरिएको उपनिर्वाचन अधिकृत श्रेष्ठले वताउनुभयो । आजै साझ मतगडना गरिने उहाँले वताउनुभयो ।

रिपोर्ट लिएर आउनेलाई एउटा लाइन र नहुनेलाई अर्को लाइनमा राखी मतदान प्रक्रियामा सहभागि गराइने भएको छ । कोरोना संक्रमित मतदातालाई पनि स्वास्थ्यकर्मीको सहयोगमा छुट्टै लाइनमा राखी मतदानमा सहभागि गराइने जनाइएको छ ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।

यो उपचुनावमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता कायम रहेको आयोगले जनाएको छ ।

जिल्ला कोभिड९१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटौँडा नगरपालिका९४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ ।

केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ । मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन आयोगले जनाएको छ।

उपचुनावमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपचुनाव भने जेठ १७ गते हुने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर