
सिन्धुलीको दुधौली नगरपालिकाले सामुदायिक विद्यालयहरु सवै बिद्यार्थिहरुको मुल्याँकन गरी जेठ २५ भित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ ।
कोरोना भाईरसको दास्रो लहरले मुलुक आक्रान्त बनाएको विषम परिस्थितिमा शैक्षिक सत्र २०७७ को बार्षिक परीक्षा भौतिक रुपमा संचालन गर्न सम्भव नदेखिएको भन्दै नगरपालिकाले एक सुचना जारी गरेर बिद्यालयहरु लाई बिद्यार्थी मुल्याँकन गर्न निर्देशन दिएको हो ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७८ आषाढ देखि शुरुवात गर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरिकक्षा १ देखि ३ सम्म CAS प्रणालीको आधारमा कक्षा ४ र ५ को हकमा ५० प्रतिसत CAS र ५० प्रतिसत प्रथम एवं द्वितिय त्रैमासिक परीक्षाको आधारमा वार्षिक परीक्षा मुल्याँकन गर्न गर्न निर्देशन दिएको छ ।
त्यसैगरी कक्षा ६,७ र ९ को हकमा प्रथम एवं द्धितिय त्रैमासिक परीक्षा एवं विषय शिक्षकले गरेको आन्तरिक मुल्याँकन लाई आधारमा मानेर विद्यालयले अनुकुलता हेरी जेष्ठ २५ गते भित्र सम्पुर्ण मुल्याकनको नतिजा प्रकाशन गर्न भनेको छ।