
ग्वाल्टार । बितिजोर वरपीपल चौतारी ग्रुपले सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
साबिक बितिजोर गाविस हालको गोलन्जोर गाउँपालिका १ मा जन्मेर देश तथा विदेशमा रहेका युवाहरूको समूह बितिजोर वरपीपल चौतारी ग्रुपले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
चौतारी ग्रुपका सदस्य कपिल कार्की र विवेक आछामी र अन्य सदस्यहरू को सहयोगमा गोलन्जोर डुड्भञ्ज्याङ स्वास्थ्य चौकी, बितिजोर स्वास्थ्य चौकी, ग्वाल्टार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू ,एम्बुलेन्स चालक ,ग्वारग्वार प्रहरी चौकीका सुरक्षाकर्मीहरू लाई मास्क, स्यानिटाइजर, पिपिई सेट,थर्मामिटर, अक्सिमिटर, फेस सेफ र क्लोरिन वितरण गरेको सुदीप कार्कीले बताए ।
कार्की ले भने, “म पनि उक्त ग्रुपको सदस्य भएकोले नाताले स्वास्थ्य सामाग्री वितरण गरेको हो । यसमा मेरो पनि केही व्यक्तिगत लगानी छ । विपन्न सर्वसाधारण ले प्रयोग गर्न सहज होस भनेर अत्यावश्यक स्वास्थ्य सामाग्री बितिजोर वरपीपल चौतारी ग्रुपको सदस्य हर्को उपस्थिति आज हस्तान्तरण गरेका हौँ ।”