
सिन्धुलीको कमलामाई नगरपालिका ४ घर भएका एक जना कोरोना सङ्क्रमितको आज बिहान सिन्धुली कोभिड अस्पतालको आइसोलेसनमा ज्यान गएको छ।
मृत्यु हुने मा वडा न ४ केरे निवासी वर्ष ५७ वर्षका प्रेम बहादुर क्षेत्री २१ दिनको दिन शुक्रवार बिहान ज्यान गएको हो ।
लडेर छातीको करङ भाँचिएर उपचार को लागि सिन्धुली अस्पताल भर्ना भएका खत्रीको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि वैशाख १९ गते कमलामाई नगरपालिका वडा न ६ शिव नगर स्थित कोभिड अस्पतालमा सारेर उपचाररत उनको बिहान ९ बजे मृत्यु भएको डा.सागर देवकोटाले जानकारी दिए ।
डा. सागर देवकोटा का अनुसार श्वास प्रश्वासको समस्याका कारण उनेका ज्यान गएको हो ।