
अग्नी ग्रुपले सिन्धुली कोभिड अस्पताललाई १०० केभिएको जेनेरेटर हस्तान्तरण गरेको छ ।
महिन्द्रा युनिलिटि भेइकल्स, ट्रयाक्टर तथा महिन्द्रा पाओरल डिजेल जेनेरेटरको अधिकारीक विक्रेता अग्नि ग्रुपले कोभिड अस्पताललाई जेनेरेटर हस्तान्तरण गरेको हो ।
इन्कोर्पोरेटेड प्रालिको थ्रिएस सेटअप विक्रि शाखाका सेल्स इन्चार्ज उद्धव राउतले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेललाई हस्तान्तरण गरेका हुन् ।
जेनेरेटरको साँचो बुझ्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पोख्रेलले विद्युत नियमित नहुँदा कोभिड अस्पतालले सास्ती व्यहोर्नु परेको थियो अहिले जेनेरेटर पाएपछि अस्पतालको सेवा प्रवाहमा सहजता भएको बताए ।
बागमति प्रदेश सभा सदस्य प्रदिप कटुवालको आग्रह र मेरो अनुरोध अनी अग्नी गू्पका प्रवन्ध निर्देशक क्यविनेट श्रेष्ठले जेनेरेटर उपलब्ध गराएकोमा उनले श्रेष्ठलाई भन्यवाद दिए ।
राउतले विद्युत नियमित नहुँदा संक्रमितको उपचारमा समस्या भएको गुनासो वागमति प्रदेश सभा सदस्य प्रदिप कटुवाल, अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलको गुनासो र संचारमाध्यममा जेनेरेटरको अभावमा अक्स्सिजन प्लाट संचालन र विरामीको उपचारमा समस्या भएको समाचार आएपछि ग्रुपले विद्युतको अभावमा विरामीले ज्यान गुमाउन नपरोस भनेर जेनेरेटर हस्तान्तरण गरेको जानकारी दिए ।