
सिन्धुली अस्पतालमा उपचारको क्रममा सर्लाही कि कल्पना राउतको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।
शनिवार साँझ उपचारको क्रममा २७ वर्षकी कल्पनाको सिन्धुली अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटा ले सिन्धुली दर्पण लाई जानकारी दिए।
डा. देवकोटा का अनुसार राउत मुर्छा पर्ने र बेहोस हुने भन्दै परिवारले उपचारको लागि सर्लाहीमा बेड नपाए पछि सिन्धुली अस्पताल ल्याएका थिए ।
शनिवार दिउँसो ४ बजे सिन्धुली अस्पतालको आइसोलेसन वार्डमा उनको भर्ना गरिएको थियो ।ज्वरो आएको बताए पछि हामी ले दिउँसो नै उनको श्वास परिक्षणको लागि ल्याब पठाएका थियौँ तर उनको मृत्यु भइसकेपछि कोभिड १९) पोजेटिभ आएको डा. देवकोटाको भनाइ रहेको छ ।