मेयरकप गर्ने बजेट कटाएर भेन्टिलेटर किन्दै, मेयर श्रेष्ठ



ओखलढुंगाको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले खेलकुदको मेयरकप शिर्षकमा विनियोजित बजेट कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर खरिद गर्ने भएका छन ।

नगरकार्यपालिकाको बैठकले मेयर कप सञ्चालनको लागि विनियोजित २० लाख रकमबाट भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षमा खेल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले २० लाख रकम विनियोजन गरेको थियो ।

अहिलेको समयमा खेलकुदका कार्यक्रम भन्दा पनि कोरोना माहामारीबाट नागरिकको ज्यान बचाउन बढी भूमिका खेल्नुपर्ने भएकाले मेयरकपका लागि छुट्याएको रकमले भेन्टिलेटर खरिद गरिने सिद्धिचरण नगरपालिकाका प्रमुख बताए ।

नगरपालिकाले किन्ने भेन्टिलेटरले ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र आसपासका जिल्लाका नागरिकलाई सेवा पुग्ने नगरप्रमुख श्रेष्ठको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स