
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले निवर्तमान जिल्ला कमिटी सचिव दिपेन्द्र फुयाल सँग चाैबिस घण्टे लिखित स्पष्टिकरण मागेकाे छ ।
अनेरास्ववियु पुर्ववत अवस्थामा फर्किसकेको वर्तमान परिस्थितिमा संगठनको नीति, विधि/पद्धति र विधान विपरित संगठनको गरिमा र मर्यादा माथि आँच आउने गरी निरन्तर संगठन विरोधी गतिविधिहरुगर्दै हिडेको भन्दै, फुयाल सँग स्पष्टिकरण साेधिएको अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण माेक्ताले सिन्धुली दर्पण सँग बताए ।
माेक्तानले भने, ‘हामी ले फुयाल लाई संगठनको विधान र अनुशासन विपरित किन गतिविधि गरेको हो ? सोको स्पष्टिकरण २४ घन्टा भित्र लिखित रुपमा पेश गर्न पत्र मार्फत पठाएका छाैँ । तर उनले तोकिएको समय भित्र चित्तबुझ्दो जवाफ नबुझाएमा संगठनको विधि र विधान अनुसार कारबाही गर्छाैँ।’