
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) सिन्धुलीका नेता दिपेन्द्र फुयालले संगठन नै फरक भएपछि,कारबाही को औचित्य नभएकाे बताएका छन ।
अनेरास्ववियु सिन्धुलीले संगठन विरोधी गतिविधिहरुगर्दै हिडेको भन्दै, फुयाल सँग चाैबस घण्टे लिखित स्पष्टिकरण मागे पछि साे कुरा बताएका हुन ।
सिन्धुली दर्पण सँग छाेटाे प्रतिक्रया दिदै भने, ‘म उक्त संगठनमा नै छैन कसरी कारबाही गर्न मिल्छ ? । साथीहरुले निवर्तमान सचीवलाई कार्यवाही भनेर नलेखेको भए हुने थियाे । मलाई यस बिषयमा टिप्पणी गर्न मन छैन मन छैन ।’
साथै उनले थपे, ‘म अनेरास्ववियुकाे १३ औं जिल्ला अधिवेशन बाट निर्वाचित सचिव हुँ त्यसैले मलाई स्पष्टिकरण साेध्ने अधिकार गाेकर्ण भुजेल सँग मात्रै छ । गाेकर्ण ले साेधेकाे भए जवाफ फर्काउनु मेराे दाहित्व हुने थियाे । किन की म उहाँको सचिव थिएँ ।
अहिले अन्य साथीहरुले म सँग स्पष्टिकरण मागेकाे देख्दा अचम्म लागेकाे छ । संगठन नै फरक छ मैले उहाँहरु लाई जवाफ किन दिनुपर्याे । म माथी कसरी कारबाही हुन्छ,हेर्न मन छ।