टिकटक बनाउँदा बनाउँदै झुण्डिएर मृत्यु



उदयपुरमा टिकटक बनाउँदा बनाउँदै झुण्डिएर एक बालिकाको ज्यान गएको छ ।

चौदण्डीगढी नगरपालिका ९ कि ११ वर्षिय संजीता बस्नेतको ज्यान गएको हो ।

बुधबार साँझ आमा बुवा भान्सा कोठामा खाना खाँदै गर्दा अर्को कोठामा छोरीले मुढामाथि मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर मृत्यु भएको स्रोतले जानकारी दिए ।

मोबाइलमा घाटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको स्रोतले जनाएको छ ।

बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिवबहादुर दाहालले जानकारी दिए ।

उनले भने, ‘सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज देखिन्छ, भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याब पछि मात्रै बताउन सकिन्छ ।’ एसपी दाहालले भने, ‘भिडियो झुण्डिएकै दिनको हो कि अरु दिनको हो, अनुसन्धान पश्चात थाह हुनेछ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२