
नेकपा एमाले सिन्धुलीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै जिल्ला सचिव सूर्य पाख्रीन लाई स्पष्टीकरण सोधेको छ।
केन्द्रीय अध्यक्ष तथा सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी ताजा जनादेश लिन लाई गरेको कार्य र सो कार्यलाई सदर गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिगमन भएको भनी सिन्धुली जिल्लाका पाँच राजिनितिक दलहरूको संयुक्त वक्तव्य नेकपा एमालेको अध्यक्ष भनी हस्ताक्षर गरेको भन्दै, सूर्य पाख्रीन लाई स्पष्टीकरण सोधेको हो ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कुमार कटुवाल ले भने, ‘सूर्य जी जिल्ला कमिटीको सदस्य रहेको व्यक्ती ले के कति कारणले पार्टीको हित विपरीतको उक्त वक्तव्यमा हुँदै नभएको पदीय हैसियत देखाइ सहिछाप गर्नु भएको छ । उक्त कार्य का आधारमा तपाइलाई किन कारबाही नगर्ने ? भनेर सोधेका छौँ ।’
हामी ले दुई दिन भित्र जवाफ पठाउन भनेका छौ यदि अटेर गरे,अथवा चित्तबुझ्दो जवाफ नआएमा पार्टीको विधान अनुसार कारबाही अगाडी बढाउने कटुवाल को भनाई छ ।