
गोलन्जोरका विपक्ष दल हरुले संविधानको धारा ७६ (५) बमोजिमको माननिय शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको प्रति गम्भिर आपत्ती जनाएका छन ।
बिहीवार एक बिज्ञप्ती जारी गर्दै,नेपालि कांग्रेस,गोलन्जोर सभापति मोतिराज सापकोटा,ने.क.पा माओवादी केन्द्र गोलन्जोर अध्यक्ष कृष्ण प्रसाद पोखरेल र जनता समाजवादी पार्टी गोलन्जोर प्रमुख ओम कुमार कार्की सहित ले साे कुरा बताएका हुन।
प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति बिद्यादेवी भण्डारी ले असंवैधानिक, अलोकतान्त्रीक, निरंकुश, स्वेच्छाचारी, प्रतिगामि र राष्ट्रघाति कदमको घोर भत्सना गर्दछौं बिज्ञप्तीमा भनिएकाे छ।
उनीहरुले जनतालाई प्रतिवादि र प्रतिरोधमा निस्कन बाध्य पार्ने र कोरोना थप फैलाउने नियत प्रधानमन्त्री ओलीको भएकाले यस्तो गैर जिम्मेवार, बदनियतपूर्ण, अराजक, प्रतिगामि र राष्ट्रघाती कदमको विरुद्ध सिंगो देश एकतावद्ध भएर प्रतिवाद गर्नु र परास्त गर्नुको विकल्प नरहेको बताएका छन। साथै सिंगो पाटिपक्ति, भात् /जनवर्गिय संगठन, मोर्चाहरुलाई सशक्त प्रतिरोध गर्न निर्देशन दिएको छ ।
त्यसैगरी,जनता अस्पतालमा वेड, अक्सिजन, भेन्टिलेटर र सिटामोल नपाएर दिनदिनै मृत्यु वरण गर्नु परेको कुरा जगजाहेर नै छ । सरकार कोरोना रोकथाम नियन्त्रण र जनताको जीवनरक्षामा सिंगो राष्ट्रलाई केन्द्रित गर्नुको सट्टा नगराउने निर्वाचन घोषणाको नाटक गरेर राष्ट्रलाई लज्जित बनाएको आरोप लगाएकाे छ।