सरकारले अध्यादेश मार्फत नागरिकता विधयक ल्याएकोमा युवा संगठनहरुले आपत्ति जनाए,



संविधानलाई मिचेर सरकारले गरेका भनिएको प्रतिनिधि सभाको विघटन र राष्ट्रियता सँग सरोकार रहेको नागरिकता विधयक सरकारले अध्यादेश मार्फत ल्याएकोमा सिन्धुलीका युवा संगठनहरुले आपत्ति जनाएका छन।

नेपाल तरुण दल सिन्धुली, वाइसिएल सिन्धुली, यूवा संघ सिन्धुली र जनता समाजवादी युवा संघ सिन्धुलीले आज संयुक्त रुपमा विज्ञप्ती निकालेर नागरिकता विधयक प्रति अपत्ति जनाएका हुन ।

विज्ञप्तीमा संविधानको धारालाई कुल्चेर स्वेच्छाचारी ढंगले प्रतिनिधि सभालाई विघटन गरेको र यसलाई राष्ट्रपतिले सघाउनु आपत्तीजनक रहेको जनाइएको छ । साथै विज्ञप्ती मार्फत वर्तमान सरकार भ्रष्टचारमा चुर्लुम्म डुवेको र राज्यको श्रोतको चरम दोहन गरिरहेको आरोप लगाइएको छ ।

यो सरकारले आफ्नो सत्ता टिकाउन सदनमा छलफलको क्रममा रहेको नागरिकता विधेयक हठात रुपमा अध्यादेश मार्फत ल्याएको विषयमा पनि गंभिर आपत्ति रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेपाल तरुण दल सिन्धुलीका सभापति विजय कुँवर, वाइसिएल सिन्धुलीका संयोजक भूलवहादुर राना (अविरल) साथै यूवा संघ सिन्धुलीका अध्यक्ष विष्णु वुर्जा र जनता समाजवादी युवा संघ सिन्धुलीका अध्यक्ष हेम पुलामीको हस्ताक्षर रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर