
अनेरास्ववियु सिन्धुलीका तत्कालीन सचिव दीपेन्द्र फुयालले समाचार लेखेको विषयमा सामाजिक सञ्जालमार्फत नै सञ्चार गृह र पत्रकारलाई धम्की दिएका छन ।
यही जेठ १२ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले निवर्तमान जिल्ला कमिटी सचिव दीपेन्द्र फुयाल सँग चौबिस घण्टे लिखित स्पष्टीकरण मागेको विषयलाई विज्ञप्ती लाई कोण गर्दै लेखेको समाचारको विषयलाई लिएर उनले सामाजिक संजान मार्फत नै मिडियाको लोगो सहित धम्की दिएका छन ।
यस सिन्धुली दर्पण ले २०७८ जेठ १२ गते अनेरास्ववियु पूर्ववत अवस्थामा फर्किसकेको वर्तमान परिस्थितिमा सङ्गठनको नीति, विधि-पद्धति र विधान विपरीत सङ्गठनको गरिमा र मर्यादा माथि आँच आउने गरी निरन्तर सङ्गठन विरोधी गतिविधिहरु गर्दै हिँडेको भन्दै, फुयाल सँग स्पष्टीकरण सोधिएको अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तानको भनाई कोड गर्दै , अनेरास्ववियु सिन्धुलीले माग्यो, ‘फुयाल सँग चाैबिस घण्टे लिखित स्पष्टिकरण ‘ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
उनले आफ्नो फेसबुक पेजमा यस सिन्धुली दर्पणकाे लोगो सहित पोस्ट गर्दै धम्क्याएका छन । यस विषयलाई लिएर दर्पण गम्भीर भएको छ ।
धम्कीको विषयमा नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष कृष्ण्हरी घिमिरेले समाचार लेखेकै आधारमा सञ्चार माध्यमलाई धम्क्याउने कार्य निन्दनीय रहेको बताएका छन् । घिमिरेले भने, ‘यो खालको प्रवृत्ति विगतमा पनि थियो । हामी सामूहिक लड्न तयार छौँ । नेपाल पत्रकार महासघं सिन्धुली सहँदैन।’
त्यसैगरी प्रेस चाैतारीका जिल्ला अध्यक्ष बुद्ध आछामीले पत्रकार र सञ्चार गृह माथि दिएकाे धम्की प्रति आपत्ति जनाएका छन् । उनले प्रेस स्वतन्त्रता बिरोधि कार्य तत्काल बन्द गर्न र नगरे यस्ता कार्यको मुकाबिला गर्न आफ्नो संगठन तयार रहेको चेतावनी दिए ।।
याे पनि पढ्नुसः–
१ अनेरास्ववियु सिन्धुलीले माग्यो, फुयाल सँग चाैबिस घण्टे लिखित स्पष्टिकरण
२ फुयाल ले भने,संगठन नै फरक भएपछि मलाई कसरी हुन्छः ‘कारबाही’