कोरोनाविरुद्धको खोप किन्न कमलामाई नगरपालिकाले माग्यो स्वीकृति



सिन्धुलीको कमलामाई नगरपालिकाले केन्द्र सरकारसँग कोरोना विरुद्धको खोप किन्ने स्वीकृति मागेको छ ।

नगरबासीलाई खोप लगाउनका लागि नगरपालिकाले स्वीकृति मागेको हो ।

संघीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय पुगेर नगर प्रमुख खड्गबहादुर खत्रीले खोप खरिदका लागि स्वीकृति मागेका हुन् ।

सरकारले पर्याप्त खोप उपलव्ध गराउन नसक्दा जोखिम बढेको भन्दै मेयर खत्रीले स्वीकृति दिएमा नगरपालिकाले नै खोप खरिद गर्ने बताए ।

नेपालमा निजी क्षेत्रले समेत बिक्रीका लागि खोप नल्याएको अवस्था छ । तर, नगर प्रमुख खत्रीले भने सरकारले स्वीकृति दिएमा विदेशबाट नै भए पनि खोप ल्याएर नगरबासीलाई खोप लगाउने बताए ।

अहिले २ करोडसम्मको खोप खरिदका लागि आफूहरु तयार रहेको उनको भनाइ छ ।

नगरबासीलाई सुरक्षित बनाउनका लागि खोप अनिवार्य भएकाले आफूले तत्परता देखाएको र केन्द्र सरकारले स्वीकृति दिएमा प्रक्रिया थालनी गरिने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका