
सिन्धुली कारागार कार्यालयमा रहेका एक जना थुनुवालाई कोरोना सङक्रमणका कारण गम्भि बनाएपछि शनिबार उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको छ ।
पुर्पक्षका लागि थुनामा राख्न करिब २० दिन अघि धनुषाबाट ल्याईएका बिराटनगर निवासी थुनुवा (बन्दी) ६८ बर्षिय अर्जुन साहका परिवारने नीजि खर्चमा उपचार गर्न हेलिकोप्टरबाट काठमाण्डौ लगिएको हो ।
जेठ ४ गते कोरोना पोजेटिभ देखिएपछि कोभिड १९ अस्पतालमा भर्ना गरी उपचार गरिएको थुनुवा साहको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौ पठाएको कारागार कार्यालय सिन्धुलीका प्रमुख मातृका प्रसाद पहाडीले जानकारी दिए ।
कोरोना सङक्रमित बिरामी साह ठगि, किर्ते अभियोगमा मुद्धा चलाई अदालतले पूर्वपक्षका लागि थुनामा रहेका थिए ।
कारागार प्रमुख पहाडीले भने,हामीले ऐनमा भएको व्यवस्था बमोजिम विभागबाट अनुमति लिएर प्रहरी सहायक निरिक्षक सहित दुई जना प्रहरी र एक जना कारागार कार्यालयका कर्मचारी साथ थप उपचार गर्न हेलिकोप्टरमा काठमाण्डौ पठाएका छाैँ ।
त्यसैगरी अर्का एक जना थुनुवा बन्दी काेराेना संक्रमित देखिए पछि सिन्धुली काेभिड अस्पतालमा उपचाररत छन्।
हाल उक्त कारागारमा कैदीबन्दि गरी ५१९ जना रहेको र उनीहरु कोरोना सङक्रमण मुक्त अवस्थामा रहेको कारागारले जनाएको छ ।